• ट्रेण्डिङ :

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


न्यु योर्क,अमेरिका । कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् ।

उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली भएको बताइएको छ ।

मे १९ देखि २५ तारिखसम्म मेक्सिकोको मोन्टेरेमा भएको ‘३८ औं सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जजको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन् ।

मे २४ तारिख शनिबार उनले काता तर्फ ए लाइसेन्स पाएका हुन् । कुमुतेमा उनले यस अगाडि २०२३ मा नै ए लाइसेन्स पाएका थिए ।
थोकरले सन् २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन् । उनले सन् २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए ।

‘स्कुलमा व्यस्त हुन परेकोले अलिकति ढिलो भयो, तर खुसी छु, करातेमा मेरो मेहनत र निरन्तरताको फल हो । ‘पान अमेरिकन रेफ्रीमा दोहोरो लाइसेन्स पाए पछि थोकरले भने, ‘सन् २०१९ बाट शुरू गरेको यात्रा करिब ७ वर्ष पछि सफल भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार