• ट्रेण्डिङ :

स्थानीय निर्वाचन: चन्द्रागिरिमा रास्वपाबाट नगर प्रमुखका लागि आकांक्षीहरूको चर्चा चुलियो

स्थानीय निर्वाचन: चन्द्रागिरिमा रास्वपाबाट नगर प्रमुखका लागि आकांक्षीहरूको चर्चा चुलियो

cnewsnepal

शुक्रबार, कार्तिक २१ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


चन्द्रागिरि, काठमाडौँ ।  आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काठमाडौँको चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नगर प्रमुख (मेयर) पदका लागि आकांक्षीहरू सक्रिय देखिन थालेका छन्।

पार्टीले उम्मेदवार छनोटका लागि आन्तरिक प्रक्रिया अघि बढाएसँगै वडा तथा नगर स्तरमा पकड बनाएका नेताहरूले उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन्।

​प्राप्त विवरण अनुसार चन्द्रागिरि नगर प्रमुखको दौडमा रहेका प्रमुख आकांक्षी नेताहरू तथा उम्मेदवारहरूको वडागत विवरण निम्न अनुसार रहेको छ । ​विष्णु कुमार श्रेष्ठ – वडा नं. १४,​विष्णु प्रसाद पनेरू – वडा नं. १३,केशव राज पौडेल – वडा नं. १२, ​जनार्दन केसी – वडा नं. ८, मनोज घिमिरे – वडा नं. ८,​मधुकर बस्नेत – वडा नं. २ रहेका छन् ।

​चन्द्रागिरि नगरपालिका वडा नं. ८ बाट जनार्दन केसी र मनोज घिमिरे दुवै जनाले नगर प्रमुखमा उम्मेदवारी दिने इच्छा देखाएकाले उक्त वडाभित्र आन्तरिक प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

​रास्वपाले नगर प्रमुखको उम्मेदवार चयन प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउन ‘क्यान्डिडेट क्लब’ तथा प्रारम्भिक चुनाव (प्राइमरी इलेक्सन) जस्ता आन्तरिक मूल्याङ्कन प्रणाली मार्फत निर्णय गर्ने तयारी गरेको छ।

आकांक्षीहरूको संख्या र नगरभित्रको सङ्गठनलाई ध्यानमा राख्दै पार्टीले चन्द्रागिरिका स्थानीय जनताको विश्वास जित्न सक्ने सबल नेतृत्व चयन गर्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार