६ मंसिर,काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध हात्तीको दाह्रासहित तीन जनालाई हेटौंडाबाट पक्राउ गरेको छ।
सिआइबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेहरूमा हेटौंडा निवासी ४९ वर्षीय मानबहादुर गोले, ७९ वर्षीय चतुर सिं लामा वाइबा र रौतहटका ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन्।
विशेष सूचनाका आधारमा सिआइबीबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय नेवारपानीको समन्वयमा उनीहरूलाई मंसिर ४ गते नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट २ किलो ७०० ग्राम तौलको दाह्रा बरामद गरेको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद दाह्रा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय राप्ती मनहरीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार