• ट्रेण्डिङ :

थाई गाँजा सहित दुई भारती नागरिक पक्राउ

थाई गाँजा सहित दुई भारती नागरिक पक्राउ

cnewsnepal

शुक्रबार, साउन २९ २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


लागु औषध नियन्त्रण ब्यूरो विमानस्थल हुदै भित्रिएकाे ३.२ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्सलमा आएको थाई गाँजा भैरहवाबाट भारतीय नागरिक सहित २ जना पक्राउ गरेकाे हाे ।

व्युराेका प्रवक्ता दुर्गा रेग्मीका अनुसार काठमाण्डौ हुँदै भैरहवा जाने पार्सल माथी शंका लागी प्रहरी टोलिले उक्त पार्सल चेकजाँच गर्दा फेन्सी सामानहरुका २ वटा पार्सलमा लागु औषध थाई गाँजा बरामद भएकाे बताए ।

प्रहरीले जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा. वडा नं. १० ठेगाना भएका वर्ष २३ को मनोहर हरिजन र भारत उत्तर प्रदेश राज्य जिल्ला वस्ती परसरामपुर ठेगाना भएका वर्ष १८ को निखिल वर्मा पक्राउ परेका छन् ।

उनहरूलाई जिल्ला रुपन्देही सिद्दार्थनगर नगरपालिका वडा नं. ८ बाट पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार