• ट्रेण्डिङ :

नेपालगञ्जबाट ५७८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

नेपालगञ्जबाट ५७८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

cnewsnepal

सोमबार, साउन २५ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको प्रहरी टोलीले बाँकेको नेपालगञ्जबाट ५७८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो प्रवक्ता दुर्गा रेग्मीका अनुसार ​पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र वडा नं. १० बस्ने ५५ वर्षीय अरुण कुमार जयसवाल रहेका छन्।

​प्रहरीका अनुसार उनीहरूले भारतको बाहपंखीबाट खैरो हेरोइन खरिद गरी ल्याएर कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा बिक्री वितरण गर्दै आएका थिए।

​विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले यही साउन १८ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट सुरुमा १५३.९५० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि थप अनुसन्धानका क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा दराजभित्र लुकाएर राखिएको थप ४२५ ग्राम खैरो हेरोइन समेत बरामद गरिएको छ।
​बरामद गरिएका वस्तुहरू:

प्रहरीले उनीहरूकाे साथबाट ​नगद: नेपाली रुपैयाँ एक लाख असी हजार) र भारतीय रुपैयाँ २,१४,००० (दुई लाख चौध हजार) बरामद गरेकाे छ ।

पुराना सजाय भुक्तान गरेका व्यक्ति पुन: पक्राउ

​पक्राउ परेका ५५ वर्षीय अरुण कुमार जयसवाल यसअघि पनि लागू औषध सम्बन्धी कसुरमा संलग्न रहेको पाइएको छ।

उनी २०७५ साल असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परी ३ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका पटके कारोबारी हुन्।

​पक्राउ परेका दुवै जना र बरामद गरिएका सामग्रीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार