११ जेठ जापान । नेपालका किक बक्सर अविरल घिमिरे, जसलाई ‘हिमालयन चितुवा’को नामले पनि चिनिन्छ,ले जापानको ओसाका शहरमा आयोजना भएको ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन ओडा जिन्कुलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अविरलले जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेपाली खेलकुद क्षेत्रमा आफ्नो नाम थप उज्यालो पारेका छन्। थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका अविरलको तयारीले सफलता पाएको हो। यो जानकारी पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेले दिएका हुन्।
अविरलले यसअघि ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानको टोकियोमा जापानी बक्सर यसुहितो सिरासुलाई दुई राउन्डमै पराजित गर्दै उपाधि जितेका थिए।
जापानमा निरन्तर सफलता हात पार्दै अविरल घिमिरेले नेपाली खेलकुदमा आफ्नो पहिचानलाई अझ मजबुत बनाएका छन्।