नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ।
कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो।
कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ।
यो सँगै कम्पनीले ‘कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पुरा भएको जनाएको छ।
२०५२ भदौ ३० गते स्थापना भएको वल्र्डलिंकले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पुरा भएको छ।
२०७४ जेठमा एक लाख ग्राहक संख्या पुरा गरेको वर्ल्डलिंकले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो।
देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा
३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।
२०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ