• ट्रेण्डिङ :

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षमा कसैलाई दिएन भोट

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षमा कसैलाई दिएन भोट

cnewsnepal

मंगलबार, फाल्गुन २९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२९ फागुन,काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई पनि भोट दिएन । मंगलबार भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राजमो तटस्थ बसेको हो ।

राजमो सांसद तुलप्रसाद विश्वकर्मा (राजेश विक) ले अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेको भदै सहमतिको सम्भावना नदेखिएकोले आफ्नो पार्टीले कसैलाई पनि भोट नदिने निर्णय गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

विपक्षी गठबन्धनले कांग्रेसका युवराज शर्मालाई उम्मेदवार बनाएको थियो ।

दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको सांसद विश्वकर्माले सभाको बैठकमा बताउनुभयो।

‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने नो भोटमा अवस्थामा रहने निर्णयमा पुगेका छौं,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय सभामा राजमोबाट विश्वकर्मा एकजनामात्रै सांसद हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार