काठमाडौँ, २१ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गर्नुभएको छ ।
राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथग्रहण गरेपछि सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर पदबहाली गरेका हुुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए। उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार