• ट्रेण्डिङ :

संखुवासभा हत्या प्रकरण :तीन पुस्ताकाे वंश नाश,अनुसन्धान प्रगतिन्मुखतर्फ

संखुवासभा हत्या प्रकरण :तीन पुस्ताकाे वंश नाश,अनुसन्धान प्रगतिन्मुखतर्फ

cnewsnepal

मंगलबार, भाद्र २२ २०७८
पढ्न लाग्ने समय: < ९ मिनेट


राेसन दानी ,२३ भदौ काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा ६ जनाको तीन पुस्ताकै वंश नास गर्ने गरि गरेकाे  बीभत्स हत्या काण्डकाे सकरात्मक दिशातर्फ अनुसन्धान उन्मुख भएको प्रहरीले बताएकाे छ ।

सोमबार एकै परिवारका ६ सदस्यको बीभत्स हत्या भएकाे खवर ३ घण्टा पछि मात्र प्रहरी समक्ष सुचना पुगेकाे थियाे ।

घटनाकाे खवर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदी सहितकाे टाेली ३ घण्टा पछि पुगेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली साँझ ५ बजेमात्र घटनास्थलमा पुगेको र प्रदेश प्रहरी कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर मात्र त्यहाँ पुगेकाे थियाे ।

मादी गाउँपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले घटना कति बजेको हो भन्ने यकिन नभएपनि आफूलाई करिब ९ बजेतिर स्थानीय घटना भएको घरको छिमेकी लक्ष्मीभक्त कार्कीले फोनबाट जानकारी दिएको बताए ।

त्यसपछि प्रहरी टोलीहरु परिचालित भएका थिए । घटना भएको ठाउँ अत्यन्त विकट भएकाले प्रहरी घटनास्थलमा पुग्न नै समय लागेको डिएसपी लालध्वज बताउछन् ।

भाैगाेलिक कठिनाईका बावजुत प्रहरी घटना स्थल पुग्दा बीभत्स रूपमा छरपस्ट शवहरू लडेका थिए । एक छिनमा टाेल छिमेक हुँदै देश भर हत्याका खवरहरू बाहिरिन थालिसकेकाे थियाे ।
सोमबार नै घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान सुरु गरेको थियाे । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घटनास्थल पुगेको थियो । राति पानी समेत परेका कारण अनुसन्धान बिहानबाट मात्र सुरु भएको थियाे ।

सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले आएर हत्या गरेको भनिए पनि कुन समयमा हत्या गरियाे भने अझ बास्तविकता बाहिर अाउन सकेकाे छैन ।

घर मूली ८५ वर्षीय बौद्धमान कार्की बाहेक सामूहिक हत्या भएकाहरूमा प्रहरीका अनुसार हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की (हजुरबुवा), ५१ वर्षीय कमला कार्की (हजुरआमा), २६ वर्षीय रञ्जना घिमिरे कार्की (बुहारी), ९ वर्षीय दिपने कार्की (नाति) र ३ वर्षीय गोमा कार्की (नातिनी) को शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो ।

आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुबेदीले बताए।

प्रहरीले हत्या भएकाे क्षेत्रलाई नियन्त्रणमा लिई कडन गरेर सुरक्षित राखेकाे थियाे । प्रहरीले अपराधी सम्म पुग्नका लागि प्राविधिक अनुसन्धान गर्ने तयारी साेरूप घटना भएकै दिन शवलाई नउठाउने निर्णयमा पुग्याे ।                  अनुसन्धानमा ट्रयाकर डग’ लैला र पिकु

अनुसन्धान जटिल नहाेस भनेर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएको तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्याे । प्रहरीले कानुनी प्रक्रियाको काम मंगलबार विहान देखि आरम्भ गरेकाे थियाे ।

ट्रयाकर डग’ (तालिम प्राप्त कुकुर) लैला र पिकु सहभागी थिए । उनीहरुले घटनास्थलको गन्ध सुँघेर अपराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त कुकुर हुन् । घटनास्थल सोमबार नै सिल गरिएको थियो भने कुकुरमार्फत हत्याको अनुसन्धान सहज बनाउनका लागि मारिएकाहरुको शव रातभर घटनास्थलमा नै छाडिएको थियो । तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञको टोली घटनास्थल नपुगेसम्म उक्त क्षेत्रलाई सुरक्षित राख्न संखुवासभा प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको थियाे ।

जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको हाे ।

सोमबार साँझ संखुवासभामा कुकुर पुगेपछि स्निफिङ गराइएको सकारात्मक पाटाेका रूपमा रहेकाे अनुसन्धानमा संमलघन अधिकारीहरू बताउछन् । पानी परेका कारण कुकुरहरूवाट स्निफिङ त्यति प्रभावकारी नभए पछि भाेलीपल्ट गर्दा सकारात्मक अनुसन्धानकाे रूप देखिएकाे प्रहरीकाे स्राेत बताउछ ।

‘स्रोतका अनुसार ‘पिकु’ र ‘लैला’ नामका ट्याकर डगलाई सबूत सुघाँएर छाड्दा शव छरिएका जति सबैतिर घुमेको थियो ।

सीआईबीका डिएसपी रुगम कुँवरको कमाण्डमा तीन जनाको टोली घटना स्थलमा

अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालसहितको टोली घटनास्थलमा छ । सङ्खुवासभा घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल पुगेकाे छ ।सीआईबीका डीआईजी धिरजप्रताप सिंहका अनुसार डीएसपी रुगम कुँवरको कमाण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको छ । ‘घटना निकै गम्भीर र जघन्य प्रकृतिको देखिएपछि अनुसन्धानमा सहयोगका लागि टोली पठाएका छौं,’ डीआईजी सिंहले भने, ‘स्थानीय प्रहरीलाई हाम्रो टोलीले सहयोग गर्नेछ।

प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नविनराज राईले घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञको टोली पठाइएको बताए ।विराटनगरबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको विशेष अनुसन्धान टोली पनि घटना स्थल पुगिसकेकाे छ ।

अनुसन्धान विभिन्न पाटाेवाट निरन्तर 

हालसम्म प्रहरीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । संकास्पद व्यक्तिहरूलाई अनुसन्धानकाे दायरामा पनि ल्याएकाे छ । घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधीखोजी गरिरहेको छ ।घटना भएकाे दिन गाउँबाट काे कता गयाै आयाे भने विषयमा पनि छानवीन गरिरहेकाे छ । प्रहरीले स्याक आईडी,ल्याक आईडी हेर्ने काम समेतकाे विश्लेशन गरिरहेकाे छ ।

प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ ।

प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी रुगम कुँवर नेतृत्वको टोली काम गरिरहेकाे छ ।
हत्या प्रकरण : अनुसन्धान प्रगतिन्मुखतर्फ  संखुवासभा सामूहिक हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले आफूहरु घटनाको सकरात्मक दिशातर्फ उन्मुख भएको जानकारी दिएका छन् ।

संखुवासभाका डिएसपी सुवेदीले अनुसन्धान सकारात्मक र अनुसन्धान प्रगतितर्फ उन्मुख भएको जानकारी दिएका हुन् ।तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं ।’

यद्यपि हालसम्म् कसैलाई पनि नियन्त्रणमा नलिइएको उनले बताए । अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी हत्यारा नजिक पुग्न लागेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं । जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन । हामी सक्दो सत्यतथ्य बाहिर ल्याउने प्रयासमा छौ ।’हामी छिमेकी लगायतका अन्य व्यक्तिहरूसँग सोधपुछ गर्दैछौं । अहिलेसम्म ठ्याक्कै कारण त खुलेको छैन ।
हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरेर शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छाै ।

चिकित्सकले शवको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने भनेका छन् । प्रहरी पनि खेतमा मृत भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । ‘उहाँले अघिल्लो दिन बिहान धान गोड्न जाने बताउनुभएको रहेछ’ प्रहरी स्रोत भन्छ, ‘त्यसैको लागि खेतमा जानु भएको हुनसक्छ ।’

संखुवासभा हत्याकाण्ड : तीजपछि झापामा जग्गा किन्ने तयारीमा थियो कार्कीको परिवार !

झापामा ८० लाख रुपैयाँमा जग्गा तयारीमा रहेको संखुवासभाको कार्की परिवारका ६ जना मारिएपछि धेरैको आशंका थियो, लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्छ ।

तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ ।
प्रहरीका अनुसार तेजबहादुर कार्की र उनका भाइ भुवनसिंह कार्की मिलेर झापामा जग्गा किन्ने तयारी गरेका थिए । त्यसको लागि केही बैना रकमसमेत बुझाएको अनुसन्धानबाट खुलेको छ ।
आइतबार साँझ हत्या गरिएका तेजबहादुर कार्कीको परिवारसँगै कसैको पनि व्यक्तिगत रिसइबी भएको नदेखिको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा नयाँ तथ्य फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटना घटेको घरबाट केही गरगहना  र नगद फेला परेको घटना बाहिर आएको छ।

घर खानतलासी गर्ने क्रममा घरबाट सामान्य गरगहना र केही नगद   फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु घटनालगत्तै नगद र सुन फेला पारेपछि अनुसन्धान झनै जटिल बनेको छ।
धानमाल चोरीको लागि सामूहिक हत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तिव्रता दिएपनि पैसा र सुन भेटिएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ,’ घटनास्थल पुगेका एक अनुसन्धान अधिकतृले भने।

संखुवासभा डिएसपी लालध्वजले भने, ‘चोरी वा लुटपाटलाई जोडेर हेर्ने प्रयास पनि गर्‍यौं, तर त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन’ उनले भने, ‘घटना पछाडि अरु नै कारण पनि हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

स्थानीय के भन्छ ?
स्थानीयका अनुसार राति नै अज्ञात समूह आएर सुत्ने तरखरमा रहेका सबैलाई घरबाट निकालेर धारिलो हतियार प्रहार गरेको हुन सक्छ। परिवारका सबै सदस्यको हत्या भएपछि बयोवृद्ध बौद्धमान ठूलो त्रासदीमा छन् यति बेला। आँखा राम्ररी नदेख्ने र कान पनि असाध्यै कम सुन्ने उनी मात्र बचेका छन्। बेलुका सकुशल सुतेका कार्की परिवारको न कसैसँग रिसइबी थियो न विवाद। कार्कीको घरबाट करिब पाँच सय मिटर पर मात्रै अरु घर छन्। ‘छिमेकीको घर नजिकै हुँदो हो त यस्तो विभत्स हत्या हुन पाउँदैनथ्यो होला’, स्थानीय कृष्ण पाठक भन्छन्। स्रोतका अनुसार कार्की परिवारका छिमेकीहरुले बिहान कुनै शंकास्पद आवाज नसुनेको बयान दिएका छन् ।प्रहरीले बिहान पानी परेको र नजिकै खोला रहेकाले आवाज आइरहने हुँदा अरुले थाहा नपाएको हुनसक्ने पनि अनुमान गरेको छ । प्रहरीका अधिकारीका अनुसार पेसेवर अपराधीकाे हात समेत हुने अाँकलन गरिएकाे बताएका छन् ।

टाउकोमा गम्भीर चोटका कारण मृत्यु

मंगलबार बिहान डग स्निफिङ गराएपछि शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो । त्यसक्रममा प्रारम्भिक जाँचबुझ गरेर चिकित्सकहरुले मृतक ५ जनाकै टाउकोमा गम्भीर चोट देखिएको र त्यही कारणले मृत्यु भएको बताएका छन् ।

चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । तर घटनास्थल वरपर हत्यामा प्रयोग भएको हुनसक्ने कुनै वस्तु फेला परेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार