काठमाडौँ। मुलुकमा आइपरेको विपद्को घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.चन्द्रागिरि-१२ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,११,०००/- दुई लाख एघार हजार सहयोग प्रदान गरेको छ।
एकेडेमीका प्रतिनिधिहरूले ग्लोबल आइएमई बैंकमार्फत उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गराएका हुन्।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विपद्मा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
विपत्तिको यस कठिन परिस्थितिमा समाजका हरेक वर्ग, क्षेत्र र व्यवसायीहरूले आ-आफ्नो तर्फबाट योगदान पुर्याउनु अपरिहार्य रहेको भन्दै संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यसै गरि संस्थाका अध्यक्ष राजेश घिमिरे सञ्चालक नारायण घिमिरेबाट रू १ लाख सञ्चालक माधवप्रसाद अधिकारी र विधुर प्रसाद अधिकारी बाट ५० हजार सहयोग रकम उपलब्ध गराईसकेका छन् ।

यसैबिच, भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाहरूमा फेला परेका शवहरूको विवरण यस प्रकार छ:
- चितवन: ३२१ जना
- नवलपरासी पूर्व: २१६ जना
- नवलपरासी पश्चिम: १७० जना
- नुवाकोट: ९५ जना
- गोरखा: ६५ जना
- धादिङ: ५५ जना
- तनहुँ: ३८ जना
- रसुवा: २७ जना
प्राधिकरणका अनुसार बाढीमा परेर ३ हजार ९ सय १६ जना नागरिकहरू अझै सम्पर्कविहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।