• ट्रेण्डिङ :

एमसीसी र मन्त्रिमण्डल बिस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसी र मन्त्रिमण्डल बिस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

cnewsnepal

शुक्रबार, भाद्र २५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । सत्ता गठबन्धनका प्रमुख नेताहरुको बैठक शुक्रबार बिहान बस्ने भएको छ । एमसीसी र मन्त्रिमण्डलको पूर्णताबारे छलफल गर्न बैठक अहिले ९ बजे बस्ने तय भएको हो।

एमसीसी सम्झौता कार्यन्वयनबारे दलहरुबीच समझदारी हुन सकेको छैन। नेपालमा एमसीसी अनुमोदनको अवस्थाबारे बुझ्न एमसीसीकै उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमणमा आएको छ ।

यता शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाएको छैन। सत्ता साझेदार दलहरुबीच सहमति नजुट्दा मन्त्रिपरिषद बिस्तार गर्न प्रधानमन्त्री देउवालाई सकस परेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार