अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ

अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ
अवैध लागूऔषध चरेश सहित २ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पक्राउ गरेको छ ।

राजु श्रेष्ठलाई लागूऔषध चरेश करिब ४.५ ग्राम सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक उडानको पार्किङ एरियाबाट र पुरीलाई लागूऔषध चरेश करिब ३ सय ८० ग्राम सहित काठमाडौं महानगरपालिका ८ तिलगंगास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(३ बस्ने ४३ वर्षीय राजु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका(८ बस्ने रेवा पुरी रहेका प्रहरीले वताएको छ ।
आइतबार दिउँसो पक्राउ परेका श्रेष्ठले उक्त लागूऔषध आफूलाई पुरीले दिएको बताएपछि खोजी गर्ने क्रममा सोमबार बिहान पुरीलाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो ।