२६ भदौ,काठमाडौं । चन्द्रागिरीमा युवाहरूले एमसिसि विषाक्त ॠण भन्दै प्रदर्शन गरेका छन् ।
सामाजिक अभियान्ता उत्तम कार्कीको आयोजनामा चन्द्रागिरि -१२,गुरुजुधारा चोकमा एमसिसि विषाक्त ॠण भन्दै प्रदर्शन गरेका हुन् ।

रास्ट्रीय भावना झल्किएका गीत बजाएर ,मौन रुपमा गरिएको प्रदर्शनमा MCC बिरुद्धका नारा सहित रास्ट्र प्रेमका नारा लेखेर कार्यक्रम गरिएको थियो ।
अपरान्ह ४:३० बाट एक घन्टा सम्म गरिएको प्रदर्शन शान्त एबम सभ्य प्रदर्शन भएको रूपमा माैन विराेध गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै कार्कीले राष्ट्र घाती एमसिसिका विरूद्ध सवै नेपाली एक भएर लड्ने समय अाएकाे बताए । उनलेे देशकाे समृद्ध विकासका लागि नभई देशलाई अबगानिस्थान र इराक बनाउने शासकहरूलाई जनताहरूले नडाड्ने चेतावनी दिए ।