छुट्टाछुट्टै सवारी दुर्घटना परी ६ जनाको मृत्यु

काठमाडौं, ३० बैशाख  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सोमबार बिहान नबलपरासी पश्चिम महोत्तरी, रुपन्देही र रौतहटमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका १६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीसरावल गाउँपालिका ५ दुबौलिया बस्ने  ९ वर्षीय प्रिती यादवको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै नवलपरासी पश्चिम),रामग्राम नगरपालिका १२ शान्तीचौरस्थित सडकमा ना.३२ प ९०१३ नम्बर र ना.२९ प ५६४७ नम्बरका दुईमोटरसाइकल एकआपसमा ठक्करखाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोतरी,बर्दिबास नगरपालिका(४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेकोबा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरकोट्रकले ठक्कर दिँदा टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागिकाठमाडौंतर्फ लगिएको छ ।

यसैगरी रुपन्देहीमायादेवी गाउँपालिका(४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकलयात्रीकोटईमाई गाउँपालिका(४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौहतट गरुडानगरपालिका(८जिगडियास्थितसडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियोगाडीको ठक्करबाट पैदलयात्रीसोही स्थान बस्ने४० वर्षीयासहनाखातुनको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थल्याण्डअस्पतालगरुडामाउपचारकोक्रममामृत्यु भएको हो । साथै उक्त गाडीअनियन्त्रितभईदुर्घटनाहुँदाघाइते भएका चालकसमेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।