• ट्रेण्डिङ :

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

cnewsnepal

मंगलबार, भाद्र २९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।
 
 
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
 
 
मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थालमा पुगेको थियो ।
 
 
मृतक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै प्रहरीले गर्न नसकेको प्रमुख साहको भनाइ छ ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार