३ असाेज,काठमाण्डौ । संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्रीबाट सेयर बजारमा सक्रिय लगानीकर्ता तथा चन्द्रागिरि हिल्सका निर्देशक अम्बिकाप्रसाद पौड्याल विभूषित हुने भएका छन् ।
सेयर बजारमा सक्रिय लगानीकर्ता तथा चन्द्रागिरि हिल्सका निर्देशक अम्बिकाप्रसाद पौड्याल प्रवल जनसेवा श्रीबाट विभूषित हुने भएका हुन् ।
कुशल लगानी कर्ता र ईमानदारीता कमाउन सफल पाैडेल निरन्तर सेयर बजारमा सकृय छन्
त्यस्तै शेखर गोल्छाले सुप्रवल जनसेवा श्री पदक पाउनेछन् भने यही पदक पाउने अन्य उद्योगी/व्यवसायीहरुमा राजेन्द्रकुमार खेतान, विष्णुकुमार अग्रवाल, शिवरतन शारदा, साहिल अग्रवाल र उद्योगी ध्रुवकुमार श्रेष्ठ रहेका छन् ।
बैंकर तथा व्यवसायी देवीप्रकाश भट्टचन लगायतका उद्योगी/व्यवसायी सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् । यो मानपद्वी र विभूषणबाट सम्मानित हुने अन्यमा सुरेन्द्रवीर मालाकार, डा. उपेन्द्र महतो र कैलाशचन्द्र गोयल रहेका छन् ।
यस्तै, सामाजिक संस्था मारवाडी सेवा समिति कीर्तिमय राष्टदीप पदकबाट विभूषित भएको छ । विभूषण पाउनेमा बैंकर उपेन्द्र पौड्याल, रविना देशराज जोशीदेखि बीमक सुनिलबल्लभ पन्तसम्म छन् । प्रवल जनसेवा श्रीबाट विभूषित हुने अन्यमा निर्माण व्यवसायी रमेश शर्मा, काठमाण्डौका व्यवसायी मोतीलाल दुगड, सञ्जकुमार खेतान, राष्टिय सहकारी बैंकका बद्री गुरागाई, सौरभ दुगड, निर्माण व्यवसायी हुमनाथ कोइराला, सिद्धार्थ विजिनेश ग्रुपका पर्यटन व्यवसायी चिन्तामणि न्यौपाने, लेखापरीक्षण व्यवसायी नारायण बजाज, बीमक दीपप्रकाश पाण्डे, व्यवसायीहरु कुञ्ज अग्रवाल, अर्जुमान सैजू, गोविन्द गोइन्का, नारायण अग्रवाल, पर्यटन व्यवसायी राजु ढकाल र व्यवसायी देवकिशन मुन्दडा रहेका छन् ।
यस्तै, जसनेवा श्रीबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ला लगायतका उद्योगी व्यवसायी विभूषित भएका छन् । यो विभूषण पाउने अन्यमा रुपन्देहीका व्यवसायी कमलकिशोर मालापनी, पाल्पाका यादवसिंह कार्की, पवन मिष्ठान भण्डारका राधेश्याम हलुवाई, बैंकर दीलप्रकाश भट्ट, सहकारी अभियन्ता चन्द्र ढकाल, पोखराका कृषि व्यवसायी अम्मरबहादुर बानियाँ, साना उद्योग व्यवसायी सागर थापा, पर्यटन व्यवसायी प्रेमकण्ठ श्रेष्ठ, रुपन्देहीका व्यवसायी चुन्नप्रसाद पौडेल, काठमाण्डौका व्यवसायी नरिश्वर शर्मा रहेका छन् ।