• ट्रेण्डिङ :

बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवा (तस्बिरहरू)

बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवा (तस्बिरहरू)

cnewsnepal

शुक्रबार, कार्तिक ५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


k|wfgdGqL b]pjf – lg/LIf0f s~rgk'/, % sflQs . k|wfgdGqL z]/axfb'/ b]pjf z'qmaf/ laxfg s~rgk'/sf] eLdbQ gu/kflnsf–!@ df dxfsfnL gbLdf cfPsf] af9Ln] u/]sf] s6fg If]qsf] :ynut lg/LIf0f ub}{ . t:jL/ M z]/axfb'/ l;+x, /f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुरलगायत विभिन्न जिल्लामा शुक्रबार र बिहीबार निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुवानपीडितलाई राहत दिइने बताए।

अल्पकालीन र दीर्घकालीन रूपमा राहत दिइने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवा आज काठमाडौं फर्कने कार्यक्रम छ।

काठमाडौं आएपछि बाढीपहिरो प्रभावितलाई थप राहतका कार्यक्रम ल्याउने पनि उनले बताइरहेका छन्।

गत शनिबारदेखि परेको वर्षाले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। एक सय ३ जनाको बाढीपहिरोमा परेर मृत्यु भइसकेको छ।

तस्बिरहरू:

सबै तस्बिर: रासस

प्रतिक्रिया
सम्बन्धित समाचार