• ट्रेण्डिङ :

ईमानदार र निरीह आईजीले अब आउने आईजीलाई कस्ताे पाठ सिकाउला ??

ईमानदार र निरीह आईजीले अब आउने आईजीलाई कस्ताे पाठ सिकाउला ??

cnewsnepal

बुधबार, कार्तिक १० २०७८
पढ्न लाग्ने समय: < ४ मिनेट


राेसन दानी, १० कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको मध्य रातमा भएकाे काज सरुवा राेकिएकाे छ ।

गृहमन्त्रालयकाे सरूवा गर्ने निर्णय रातारात उल्टिए पछि प्रहरी संगठन देखि सवै तिर चर्चाकाे विषय बनेकाे हाे ।

गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर्तनको महत्व नबुुझ्दा यतिबेला गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री दुवै आलोचनाको केन्द्रमा रहेका छन् ।

सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो । आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिइङ गरेका थिए ।

गृहमन्त्री खाडको अधिकार क्षेत्रमा पर्ने एसएसपी सरुवामा उनले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग एकपटक सरसल्लाह समेत नगर्नु सुरक्षा संवेदनशीलताको अर्को परकाष्ठा मान्न सकिन्छ ।

काठमाडौं प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्यअवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इञ्चार्जलाई कम्तिमा एक वर्षसम्म सरुवा गरिंदैन ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले सरुवाको विषय गृह मन्त्रालयअन्तर्गत हुने भएकाले यसबारे प्रहरीमा जानकारी नआइसकेको बताए । महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका डिआईजी उत्तम राज सुवेदीले हेड्क्वाटरबाट आधिकारिक जानकारी नआईसकेकाे र लिखित पत्र प्राप्त नभएकाे बखतमा सरूवाकाे चर्चा नचलेकाे दावी गरे ।

गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए।

बालुवाटारको दबाबपछि गृहमन्त्री खाण आफैंले निकालेको सरुवा कार्यान्वयन गर्न पछि हटेकाे स्राेतकाे भनाई छ ।

सिंह ५ मंसिर २०७७ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए।

गृह मन्त्रालयले निकालेको सरुवाको पत्र समेत प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजी) समक्ष मंगलबार नै पुगेको स्रोतले बतायो। तर, शक्तिकेन्द्रको दबाबमा निर्णय कार्यान्वयन नहुने भएपछि आईजी शैलेश थापा क्षेत्री निरिह साबित भएका छन्।

‘लामो समयदेखि आईजी क्षेत्रीले अडान लिन नसक्दा हुनुपर्ने नियमित सरुवाहरु समेत हुन सकिरहेको छैन ।

आईजी क्षेत्रीले आफ्नो ६ महिना समयावधी टिकाउनको लागि शक्तिकेन्द्रले जे भन्यो आफूले गरेको निर्णय विपरित काम गर्दै आइरहेका छन्। आईजीको जिम्मेवारी सम्हाल्दै गर्दा क्षेत्रीले सिनियर प्रहरी अधिकृतको सरुवा एक–एक वर्षमा हुने बताएपनि पछिल्लो समय मनलाग्दी हुने गरेको छ।

नेपाल प्रहरीका महानिरीक्षक थापालाई यति खेर थाल खाउकी भात खाउ भएकाे छ । राजनितितक शक्ति केन्द्रकाे हस्तक्षेप र प्रहरी संगठनलाई गति प्रदान गर्न नसक्दा प्रहरी महानिरीथापा निरीह बन्न बाध्य छन् ।
कहिले एक जना डिएसपी कहिले एसपी सरूवा गर्ने काम मात्र भएकाे देखिएकाे छ ।त्यस्तै छोटो समयमै इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका डिएसपी मदन कुँवरको सरुवा भयो। उत्कृष्ट प्रहरी भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत भएका डिएसपी कुँवरको चार महिनामै सरुवा भएका थिए ।
साउनमा काज सरूवा गर्नु पर्ने लेखापाल शक्तिशाली हुदा समेत अाईजी थापाले लेखापालहरू पठाउन नसक्दा प्रहरीमा पुरानै लेखापालहरूले काम गर्दै आईरहेका छन् । तत्कालीन एमालेकाे सरकार हुदा बनेका लेखापालहरूकाे नामवली काग्रेस नेतृत्वको सरकार आएपछि सेलाएकाे र नाम सवै बदर गरिएकाे स्राेतकाे दावी छ ।
प्रहरी निरीक्षक देखिका सरूवारू अन्याैलमा पर्नु र साना साना कार्यमा रूमलिनु महानिरीक्षक थापाका लागि निल्नु न अाेकल्नु भने झै भएकाे छ ।
यस्ताे ईमानदार र निरीह आईजीले अब आउने आईजीलाई कस्ताे पाठ सिकाउला ??

प्रतिक्रिया
सम्बन्धित समाचार