होलेरीका समाजसेवी युबराज चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर गेट निर्माण प्रक्रिया अगाडि बढाइयो।शुरूवाती बर्षमा ६८ हजार रकम आउँदा उपभोक्ता समितिले पुर्बाधारको काम अगाडि बढाउन सकेन।तर पछिल्लो आर्थिक बर्ष २०६५र६६ मा पुनः १ लाख बीस हजार रकम आएपछि शहिद गेटको पिलर बिछ्याउने लगाएतका कामहरु अगाडि बढाएको चन्द बताउँछन्।४-५ आर्थिक बर्ष गरेर जम्मा ५ लाख जति बजेट गेटका निर्माणका लागि आइपुग्यो र हामीले दुई वटा पिलर स्थापना गर्यौँ,(चन्दले भने त्यसपछि बजेट आए अनुसार बिस्तारै काम अघि बढ्दै थियो।तर आर्थिक बर्ष २०७४र७५ मा घोराही,होलेरी-थबाङ जोड्ने शहिदमार्ग आयोजनाको काम शुरु भएपछि मलाई थाहै नदिई स्थानिय एकदुई जना नेताहरुको अगुवाईमा दक्षिणतिरको पिलर भत्काइएछ।र काम लाथालिङ्ग भयो,उनले बताए।
तत्कालीन उपभोक्ता समिति अध्यक्ष चन्दले भने जस्तै यो कुरा साचो हो होइनरुत्यस यता आजसम्म कुनै छानबिन समितिनै बनेको छैन।त्यस यता मुलुकमा ब्यबस्थाहरु पटकपटक परिबर्तन भए २०७४ यता देशमा संघीयता लागू भयो तर स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले समेत यस बारे औपचारिक रुपले कतै पनि बोलेको सुनिएको छैन।त्यतिबेला गेट बनाउन खर्च गरेको ५ लाख रकम बालुवामा पानी जस्तै भएको स्थानियहरुको गुनासो छ।२०५८ शालमा तत्कालीन सरकार पक्ष शाही नेपाली सेनाले होलेरीमै गोली हानी हत्या गरेको रुन्टीगढी ६ सरेचौर गाउँका रोबर बिकको परिवारलाई अहिले साझ बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको छ।तर शहिदहरुकै सम्मानका लागि भनेर अल्पत्र पारिएको निर्माधिन सहिद गेट निर्माण शुरूवात गरिएको १४ बर्षसम्म बचेको एउटा पिलरले यहाँका स्थानिय सरकार तथा राजनैतिक दलहरुलाई गिज्ज्याई रहेको छ।
घोराही-होलेरी सहिद मार्ग अन्तर्गत पर्ने होलेरीमा बनाएको यो गेट त घोराही,होलेरी(थबाङ शहिद मार्ग अगाडि बेथिति र शहिदहरुका सपना कति पूरा भएरुर शहिदहरुलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छरुभन्ने सानो उदाहरण मात्र हो।कालोपत्रे गरेको डेढ बर्षमै छिया-छिया बनेको घोराही(होलेरी शहिदमार्गको अवस्था हेर्दा त राज्यले शहिदहरुका छातीमा निर्ममतापुर्वक कुल्चिएको अनुभुती हुने स्थानियहरु बताउँछन।मुलुक संघीयतामा गएपछि पनि धेरै पटक सरकार फेरियो।सरकारमा विभिन्न दलहरू पुगे तर शहिदहरुका सम्मानका लागि नत स्थानिय सरकार र अन्य राजनैतिक दलले नै आवाज उठाए न त प्रदेश सरकार र संघिए सरकारले नै,स्थानिय सरकारका पदाधिकारीहरु त्यहीँ शहिद मार्गमा अल्पत्र सहिद गेट भएको ठाउँबाटै चिल्ला गाडिमा हुइकिन्छन तर उनिहरुको नजरमा अल्पत्र शहिद गेट परेन।
शहिदमार्ग हिउँदमा पुरै धुलाम्मे र बर्षातमा पुरै हिलाम्मे हुने गर्दछ गाडिको सिसा बन्द गरेर एरसी लगाएर हुइकिन पाएपछि ध्यान पनि कसरी जाओस्रुअन्य दलका स्थानिय नेताहरू राजनीति जागिरै हो कि जसरी दिनभर होलेरीमै चिया चौतारोमा हास्दै चियाको चुस्की लिदै रमाइरहेका हुन्छन् तर उनिहरुको ध्यानपनि शहिदहरुका सम्मान र जनताका सहजताका लागि जान सकेन।मुलुक परिबर्तनका खातिर आफ्नो ज्युज्यानै समर्मित गरेका शहिदहरुका सम्मान त भएकै छैन बरु उनिहरुका नाममा कमाउने खेलो भैरहेको यस क्षेत्रका स्थानियहरुको बुझाई रहेको छ।