काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
सरुवामा काठमाडौँ उपत्यकाका केही प्रहरी वृतका प्रमुखहरु फेरिएका छन् ।
जसअनुसार महानगरीय प्रहरी वृत्त थानकोट महाेन बहादुर खाँणकाे स्थानमा डिल्लीनारायण पाण्डेय अाउने भएका हुन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा डिएसपी अपिलराज बाेहाेराकाे ठाउँमा सिआईवीमा कार्यरत अनिल घिमिरे र बालाजु वृत्तमा जिल्ला प्रहरी कार्यालय बारामा रहेका गौतम मिश्रको सरुवा भएको हो । उनी याे भन्दा अगाडि सातदोबाटो बृत्तकाे कुशल नेतृत्व गरिसकेका हुन् ।
यस्तै, जगाती वृत्तका इन्चार्ज पनि फेरिएका छन् । जगातीमा रामबहादुर केसीको सरुवा भएको छ ।
यसैगरी सरुवामा डिएसपीहरु जिल्लाका प्रमुख बन्न सफल भएका छन्।
जिल्लाको इन्चार्ज पाउनेहरुमा तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापा र जुम्लामा नरेन्द्र चन्द रहेका छन्