• ट्रेण्डिङ :

हेलम्बु ७ इचोकमा बस दुर्घटना एकको मृत्यु पाँच घाइते

हेलम्बु ७ इचोकमा बस दुर्घटना एकको मृत्यु पाँच घाइते

cnewsnepal

शुक्रबार, कार्तिक २६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


सिन्धुपाल्चोक, २४ कात्तिक : जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ ।

सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी  ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार