• ट्रेण्डिङ :

मुस्ताङमा ठूलो हिमपहिरो, तर्सेर भाग्न खोज्दा ९ जना घाइते

मुस्ताङमा ठूलो हिमपहिरो, तर्सेर भाग्न खोज्दा ९ जना घाइते

cnewsnepal

आइतबार, कार्तिक २८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२८ कात्तिक, काठमाडौं ।मुस्ताङको थासाङ गाउँपालिका– २ नाउरीकोटमाथि रहेको मानापाथी हिमालमा ठूलो हिमपहिरो गएको छ ।

आइतबार दिउँसो घाम लागिरहेकै बेला मानापाथी हिमालको फेदबाट उक्त पहिरो खसेको हो । हिमपहिरो खसेको देख्दा तर्सेर भागदौड गर्ने क्रममा शिक्षक तथा विद्यार्थीसहित ९ जना घाइते भएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । उनका अनुसार अन्य मानवीय क्षति भने भएको छैन ।

बस्तीमाथिको हिमालबाट हिमपहिरो खस्दा ठूलो आवाज आएको थियो । फेदीमा पर्ने कोवाङ गाउँमा रहेका जनआदर्श माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू तर्सेर भागदौड गर्दा घाइते भएका हुन् ।

हिमपहिरोका कारण केही चौरी लगायत चौपायाको क्षति भएको किसानहरुले बताएका छन् । तर कति क्षति भयो भन्नेबारे यकीन विवरण आएको छैन । उक्त हिमपहिरोपछि मानापाथी हिमाल र टुक्चेपीक हिमालबाट बग्ने बोक्सी खोलामा पानीको बहाव समेत बढेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार