• ट्रेण्डिङ :

छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

cnewsnepal

शनिबार, मंसिर ४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि टोली प्रस्थान गरेको छ ।

जनगणनाका लागि उक्त स्थनामा जान भारतले नदिएपछि जनगणना टोली नेपाली भूमि हुँदै गएको हो । छाङरु र टिंकर गाउँमा पुग्नका लागि नेपाली भारत हुँदै जान सहज छ । तर भारतीय भूमि हुँदै जान एसएसबीले अवरोध गरेको थियो ।

नेपाली भूमि हुँदै गएको जनगणना टोली दुम्लिङ बताइएको छ । कात्तिक २५ बाटै जनगणनाका लागि खटिएका टोली छाङरु र टिंकरपुग्न भने सकिरहेका छैनन् ।

नेपाली भूमिको बाटो अत्यन्तै असहज भएको स्थितीमा पनि शुक्रबार दुम्लिङ टोली दुम्लिङ पुगेको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरामा भारतीय सुरक्षाकर्मीले कडाइ गरिरहेका छन् ।

व्यासकै वडा१ को नेपालीभूमि कुटी, नाभी र गुञ्जी भारतीय सेना परिचालन गरिएको छ भने याता टिंकर र छाङरुमा भने नेपाली सुरक्षाकर्मी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार