• ट्रेण्डिङ :

गोर्खालीले गरे बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयका लागि ५ लाख सहयोग

गोर्खालीले गरे बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयका लागि ५ लाख सहयोग

cnewsnepal

बुधबार, मंसिर २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२२ मंसिर,काठमाडौं । नेपाली काँग्रेसका युवा नेता राजेन्द्रबहादुर गोर्खाली ( राजु गोर्खाली )ले विद्यालयकाे भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोग प्रदान गरेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयका भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८मा गाेर्खालीले ५ लाख रकम प्रदान गरेका हुन् । 

युवा नेता गार्खालीले विद्यालयको भवन निमार्ण र विद्यालयको चौतर्फी विकास गर्ने उदेश्यका साथ गर्न लागिएको पवित्र कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको औलाए । उनलेे अाफुले विद्यालयकाे विकासमा साथ र सहयोग गर्न पाउँदा गाैरवान्वित भएकाे बताए ।

गोर्खाली नेपाली कांग्रेस सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित थिए । उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ को अधिवेशनमा गोर्खाली केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका युवा नेता हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार