• ट्रेण्डिङ :

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत सई ढुंगाना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत सई ढुंगाना पक्राउ

cnewsnepal

सोमबार, मंसिर २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) विष्णुप्रसाद ढुंगाना पक्राउ परेका छन्।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एक जना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

आइतबार नक्सालबाट पक्राउ गरिएको उनलाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको ब्यूरोले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध ‘अपराधी लाभ’ विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । सो मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । ढुंगानाले केही दिनअघि मात्र काठमाडौँका एकजना व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको काठमाडौँ परिसरका एक अधिकारीले बताए ।

ढुंगाना केन्द्रीय अनुसन्धान ब्यूरोको आर्थिक अपराध अनुसन्धान गर्ने शाखामा कार्यरत थिए। त्यसअघि उनी केनाइन महाशाखामा थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार