१४ पुस,काठमाडौं । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ। बिहानैदेखि हिउँ पर्ने थालेपछि चन्द्रागिरिमा हिउँ खेल्न र हेर्न जानेकाे भिड लागेकाे हाे । चन्द्रागरिका अफिसर राम प्रसाद खनालका अनुसार चन्द्रागिरिमा हिउँ परेपछि बेलुका सम्म चाप वढेकाे र हिउँ खेल्न र रमन आउने संख्यामा उल्लेख्य चाप केही दिन सम्म पर्ने बताए । उनले साझ सम्म १० हजार भन्दा वढिले भ्रमण गरेकाे जानकारी गराए ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको माेसम विभागले जनाएको छ । काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।
बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ।
अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
‘देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ,’ विभागले भनेको छ, ‘त्यसैले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
हेर्नुहोस् चन्द्रागिरिमा परेको हिउँका तस्बिरहरू:
