• ट्रेण्डिङ :

प्रतिनिधिसभाको बैठक स्थगित : अर्को बैठक २८ गते बस्ने

प्रतिनिधिसभाको बैठक स्थगित : अर्को बैठक २८ गते बस्ने

cnewsnepal

बुधबार, पौस २१ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २१ पुस । प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार