• ट्रेण्डिङ :

२६ एसएसपीहरूको सरूवा, ट्राफिक महाशाखामा जाेशी उपत्यका अपराध अनुसन्धानमा कुवर (कसको कहाँ)

२६ एसएसपीहरूको सरूवा, ट्राफिक महाशाखामा जाेशी उपत्यका अपराध अनुसन्धानमा कुवर (कसको कहाँ)

cnewsnepal

बिहिबार, पौस २२ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


राेसन दानी २३ पुस,काठमाडौं । नेपाल प्रहरीका २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार एससएपीहरुको सरुवा सार्वजनिक गरेको हो।

प्रहरी निकालेकाे सरूवा सुचि अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा एसएसपी उमेश राज जाेशीलाई पठाएकाे छ भने बसन्तबहादुर कुवरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएकाे छ ।

त्यसैगरी एसएसपी दिल्लीराज पन्तलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पाेखरा कास्की,भिम प्रसाद ढकाल अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय,काठमाडौं,अशोक सिंह प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय,चक्र बहादुर सिंह कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेत, सुरेन्द्र प्रसाद मैनाली लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल,रूपन्देही पाेषराज पाेख्रेल नेपाल प्रहरी शिक्षालय भरपुर,रविन्द्र केसी २ नम्बर प्रदेश तालिम केन्द्र जनकपुर,धनुषा सरूवा गरेकाे छ ।

त्यसैगरी श्यामलाल ज्ञावालीलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी,लालमणी अार्चाय नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे,जनक भट्टराई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देही,टेक प्रसाद राई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूराे काठमाडौं, सन्दिप भण्डारी प्रहरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्ज,विष्णु कुमार केसी प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे सचिवालय नक्साल पठाएको छ ।

किरण राणालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल राजेशनाथ बास्तोला प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल,केदार ढकाल प्रहरी प्रधान कार्यालय मानवश्राेत एवं प्रशासन विभाग कल्याण महाशाखा,कुबेर कडायत राष्ट्रिय सुरक्षा परिषद्काे सचिवालय सिंहदरबार,रामदत्त जाेशी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाेखरी शान्ति सुरक्षा महाशाखा,भरत बहादुर बाेहारा प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखा नक्साल ,चन्द्र कुबेर खापुङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखा नक्साल र दुर्गा सिंहलाई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपाेखरी मानवश्राेत व्यवस्थापन महाशाखा, नल प्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूराेमा र पुजा सिंहलाई गाैतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरूवा गरेकाे छ ।   

 

प्रतिक्रिया
सम्बन्धित समाचार