राेसन दानी, २७ पुस ,काठमाडौं । थानकोटस्थित पानीघाटमा रहेकाे नेपाली नेपाली सेनाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेकाे छ ।
उपत्यका पृतना तालिम शिक्षालयद्वारा राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको उपलक्ष्यमा चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हाे ।

नेपाली सेनाका प्रमुख सेनानी ज्योतिकुमार थापाको अगुवाइमा आश्राममा रहेका २३ जना वृद्धाहरुलाई खाद्यान सामग्री उपलब्ध गराएको छ । 
सो अवसरमा राष्ट्रिय सेवा दलका छात्रछात्रासहित सेनाहरु आश्रम परिसरमा सरसफाइसमेत गरेको थियो । सोही कार्यक्रममा आश्राम समितिका पदाधिकारी तथा सदस्य र स्थानीय समाजसेवीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो
‘सेवा नै धर्म हो’ भन्ने उक्तिलाई आत्मसाथ गराउन सो अवसरमा चुनदेवी मावि पानीघाटमा संचालन भइरहेको राष्ट्रिय सेवा दलका जुनियर डिभिजन तालिमका छात्रछात्रासमेत सहभागी थिए । तालिमरत छात्रछात्राहरुले सामाजिक कार्यमा सहभागी हुन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी थापा नेतृत्वको सेनाको टोलीको सहयोगप्रति वृद्धआश्रमका संयोजक राम थापाले आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहयोग पाइरहने आशा व्यक्त गर्नुभयो ।