• ट्रेण्डिङ :

चुनौतीलाई ठिक ढगंबाट अगाडी लान सके नेतृत्व सधै सफल हुनेछ : मन्त्री गहतराज

चुनौतीलाई ठिक ढगंबाट अगाडी लान सके नेतृत्व सधै सफल हुनेछ : मन्त्री गहतराज

cnewsnepal

बुधबार, माघ ५ २०७८
पढ्न लाग्ने समय: < ४ मिनेट


काठमाण्डाैं ।  युवा तथा तथा खेलकूद मन्त्री महेश्वर गहतराज अथकले अवसर र चुनौतीलाई ठिक ढगंबाट अगाडी लान सके नेतृत्व सधै सफल हुने बताएका छन् ।

काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा सम्पन्न थानकोट जेसीजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण समाहारोमा बोल्दै मन्त्री गहतराजले अवसर र चुनौती द्धन्दात्मक सम्वन्धलाई ठिक ढङगले समायोजन गराएर अगाडी वढ्न युवाहरुलाई प्रत्साहान गरेका हुन् । उनले नेपालमा तिन थरीका युवाहरु रहेको भन्दै देश विकासमा युवाहरु अगाडी आउनु पर्ने बताए । शासन व्यक्तिको नभई विधिको हुनुपर्ने जोड दिर्दै सकारात्म सोचले मात्र राष्ट्र विकासमा योगदान हुने हुदा यहि देशमा केहि गरौं भन्ने युवा जमातलाई सरकारले लगानी गर्ने बताए ।

कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलले काठमाडौं जेसीज देशभरकै उत्कृष्ट शाखाको रुपमा सक्रिय रहदै आएकोमा धन्यवाद ज्ञापन गरिन् ।प्याकुरेलले व्यक्तित्व र नेतृत्व विकासमा जेसीजले समाजमा सकारात्मक योगदान दिएको चर्चा गरिन । उनले मानवताको सेवानै जीवनको सर्वेत्तम कार्य हो भन्दै आफुहरु जेसीज अभियानमा लागेको चर्चा गरिन ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष योगीराज अधिकारीले हरेक कार्यको गतिविधि प्रतिफलमुखी र सकारात्मक हुनु पर्ने बताए ।
चन्द्रागिरिका वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले लोकतन्त्र र सुशासन प्रबर्धनमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

चन्द्रागिरिका वडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसी चन्द्रागिरिको सांस्कृतिक पहिचान प्रबर्धनमा काठमाडौं जेसीजले महत्वपूर्ण काम गरेको बताए ।थानकोट जेसीजका संस्थापक अध्यक्ष नन्द दास अमात्यले थानकोट जेसीजले युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा अनवरत रुपमा लाग्दै आएको र समाजका हरेक गतिविधिमा जेसीज अभियान सधै साथ र सहयोग गर्ने तयार रहेको बताए ।

समारोहमा थानकोट जेसीज वर्ष २०२२ का अध्यक्ष रोसन दानीले यो वर्ष ‘सकारात्मक प्रभावको लागि सँगै ’ भन्ने नारासहित विविध कार्यक्रम गरिने बताए । उनले युवा उद्यमशिलता, संस्कृति प्रबर्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताए ।

कार्यक्रममा जेसिज नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । थानकोट जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी पुर्णिमा थापाको स्वास्थ्य अवस्थाले अनुपस्थित भए पश्चात पुर्व अध्यक्षहरुले वर्ष २०२२ का अध्यक्ष जेसी रोसन दानीलाई पदभार हस्तान्तरण गरेका हुन् । शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन र सुजन महर्जन , उपाध्यक्षमा राहुल गोपाली, रिकेस महर्जन,ममता श्रेष्ठ,दिप महर्जन निर्वाचित भएका छन् ।

यसैगरी नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत कानूनी सल्लाहकारमा बिशाल शाही, कोषाध्यक्षमा विराज शाही, अध्यक्ष विषेश सल्लाहकारमा थानकोट जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर नन्ददास अमात्य,सल्लाहकार, पुर्व अध्यक्ष सलिम श्रेष्ठ,पेशल खतिवडा,राज गोपाली र मोहन डाँगीलाई अध्यक्ष सल्लाहकारमा मनोनित गरेका छन् ।

कार्यक्रमा नेपाल जेसीजका पुर्व उपाध्यक्ष मोहनलाल डाँगीले परिर्वतनका लागि युवाहरु सधै सवै कुरामा अगाडी वढ्नु पर्ने बताए । काठमाण्डाैं जेसीजका अध्यक्ष अनुप सुनुवारले एकतामै वल हुने बताउदै थानकाेट जेसीज संग हातेमालाे गर्दै अगाडी वढ्ने बताए ।


थानकोट जेसीजका वर्ष २०२० का अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा सम्पन कार्यक्रममा २०१६ का पुर्व अध्यक्ष पेशल खतिवडाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन थानकोट जेसिजका वर्ष २०२२ की कार्यकारीणी उपाध्यक्ष एलिना महर्जनले गरेकी थिईन । कार्यक्रममा थानकाेट जेसीजका पुर्व अध्यक्ष सलिम श्रेष्ठ,राज गापाली लगायतकाे उपस्थिती रहकाे थियाे । समारोहमा थानकाेट जेसीजकाे अभियानमा सहयोग पुर्याउने व्यवसायीक संस्था एवं व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार