• ट्रेण्डिङ :

महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त “सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम” सुभारम्भ

महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त “सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम” सुभारम्भ

cnewsnepal

शनिबार, माघ ८ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


८ माघ,काठमाण्डौ । नेपाल प्रहरी र थानकोट जेसीजले निशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तिब्र रुपमा बढ्दै गरेको ओमीक्रोन कोरोना सक्रमण दरलाई न्युनिकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा “सप्ताह व्यापी निःशुल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम”सुभारम्भ गरिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रय अध्यक्ष योगीराज अधिकारीले एक हप्ते कार्यक्रमको सुभारम्भ गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ स्थित चेकपोष्ट चोकमा वृत्त थानकोट , चन्द्रागिरी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल र ७ का वडा अध्यक्ष सम्भुकुमार केसीले कोरोना महामारी रोकथाम र जनचेतना मूलक कार्यक्रम पहिलो दायीत्व स्थानिय सरकारको रहेका बताए ।

नेपाल जेसीजका राष्ट्रय उपाध्यक्ष योगी राज अधिकारीले समाजिक दायित्व भावले आम नागरिकहरुको स्वास्थ्य प्रति जेसीज गम्भिर रहेको बताए । थानकोट जेसीजका बर्ष २०२२ का अध्यक्ष रोशन दानी,थानकोट जेसीजका संस्थापक अध्यक्ष नन्ददास अमात्य पुर्व अध्क्षहरु सलिम श्रेष्ठ, पेशल खतिवडा, लगायतको टिम तथा स्थानिय टोल समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा राजधानी बाहिरिने तथा भित्रिने सवारी साधनका चालक स्टाफ तथा यात्रु, हिडडुल गर्ने मानिस समेतलाइ गरि करिव १००० (एक हजार) जति मास्क बितरण गरि कार्यक्रम सम्पन्न भएको थियो ।

आजबाट सुरु भएको अभियान सामाजिक दुरी कायम गरि थानकोट,नागढुङगा,गुर्जुधारा,नैकाप दहचोक तिनथान लगायतका स्थानहरुमा एक साता सम्म चल्ने थानकोट बृत्तले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार