काठमाण्डौँ । ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत दोश्रो दिन थानकोट बजारमा कार्यक्रम गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ दोश्रो दिन थानकोट बजारमा कार्यक्रम गरिएको हो ।
थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरु गरेको थियो ।कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक रामप्रसाद साप्कोटाले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी ह’ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो । ”
कार्यक्रममा चन्द्रागिरि वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्की शाहीले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताए । उनल्े यो अभियानले आम नागरिकलाई कोरोनाबाट बच्न र बचाउँने जेसीजका अभियान कर्तालाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा थानकोट जेसीजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर नन्ददास अमात्य, थानकोट जेसीजका पुर्व अध्यक्षहरु सलिम श्रेष्ठ,पेशल खतिवडा,राज गोपाली लगायत वर्ष २०२२ का थानकोट जेसीजका वोर्डका पदाधिकारीको उपस्थित रहेका थिए ।
सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई थानकोट बजारमा ११ सय मास्क वितरण गरिएको थियो । अभियान नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।
सामाजिक तस्विरहरु हेर्नुहोस
