२२ माघ काठमाण्डौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौं महानगर – १४ को सहकार्यमा हाल नेपालमा तीव्र रूपमा बढ्दै गइरहेको कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि दुइ दिने मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटी, र थानकोट जेसिज,थानकोट जुनियर जेसीजको संयुक्त आयोजनामा ‘दुई दिने निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको हो ।दुई दिने कार्यक्रममा काठमाण्डौं महानगर अन्तर्गत कालीमाटी,कंलकी क्षेत्रका स्थानिय व्यवसायी, मास्क नलगाई हिड्ने पैदल यात्रु, चालक मजदुर लगायतलाई जनचेतना सोरुप निशुल्क मास्क वितरण गरिएको थानकोट जेसीजका अध्यक्ष रोसन दानीले बताए ।अध्यक्ष दानीले टोल समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गरेकोमा थानकोट जेसिजका सदस्यहरू र प्रहरीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमा बोल्दै महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना संक्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा काठमाण्डौ महानगरपालिका १४ का वडा सदस्य विनोद थापाले समाज रूपान्तरणमा जेसिज अभियान महत्वपूर्ण सावित हुँदै गइरहेको बताए।

वडा सदस्य थापाले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान फलदायी रहेको विश्वास व्यक्त गरे।

कार्यक्रमा महानगरीय प्रहरी कंलकीका प्रमुख, थानकोट जेसीजका पुर्व अध्यक्ष सलिम श्रेष्ठ, थानकोट जुनियर जेसीजका अध्यक्ष सलिना श्रेष्ठ, थानकाेट जेसीज वाेर्डका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा काठमाण्डौं महानगरपालिका वडा नम्वर १४ का वडा सदस्य विनोद थापाले थानकोट जेसीजका अध्यक्ष रोसन दानी, थानकोट जुनियर जेसीजका अध्यक्ष सलिना श्रेष्ठ र कालीमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल घिमिरेलाई मास्क प्रदान गरेका थिए ।कार्यक्रमको संयोजन थानकोट जेसीजका कार्यकारीणी उपाध्यक्ष सुजन महर्जले गरेका थिए ।
थानकाेट जेसीजले माघ ८ देखि माघ १४ गते महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरि सकेकाे छ । उत्त अभियान एक साता लामो कार्यक्रम चन्द्रागिरिको विभिन्न वडा थानकोट, चेकपोष्ट, बलम्बु, गुर्जुधारा, सतुंगल, तीनथाना, नैकाप, दहचोकलगायत क्षेत्रमा कार्यक्रम गरिएको थियाे ।
तस्विरहरू हेर्नुहाेस……..
