• ट्रेण्डिङ :

महामन्त्री मोहनविक्रम सिंहद्धारा राष्ट्रिय सभा सदस्य तुल प्रसाद विश्वकर्मा सम्मानित

महामन्त्री मोहनविक्रम सिंहद्धारा राष्ट्रिय सभा सदस्य तुल प्रसाद विश्वकर्मा सम्मानित

cnewsnepal

आइतबार, फाल्गुन १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्धारा राष्ट्रिय सभामा निर्वाचित तुल प्रसाद विश्वकर्मा सम्मानित हुनुभएको छ । पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रि सिंहले विकलाई सम्मान गर्नुभएको हो ।

तुल प्रसाद विक राष्ट्रिय जनमोर्चाको तर्फबाट पहिलो राष्ट्रिय सभाका सदस्य हुनु हुन्छ । पार्टीले करिब २७ वर्षको अबधिमा पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको हो ।

महामन्त्री सिंहले एकजना सदस्य भए पनि राष्ट्रिय सभामा प्रवेश गर्न पाउनुले राष्ट्रिय जनमोर्चाको सवालमा महत्वपूर्ण रहेको बताउनु भएको थियो । “तुल प्रसाद विश्वकर्माले पार्टीको राजनीति राष्ट्रिय सभामा लैजान महत्वपूर्ण भूमिका खेल्नु हुनेछ ।” सिंहले भन्नु भयो– “संसदमा पार्टीले अहिलेसम्म निश्कलंकित रुपमा खेलेको भूमिकालाई पनि निरन्तरता दिनुहुने छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार