• ट्रेण्डिङ :

प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?

प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?

cnewsnepal

आइतबार, फाल्गुन १ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१ फागुन काठमाडौं । नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएकाे छ ।

त्यस्तै रामेछापका डिएसपी नवराज ढुंगानाको ठाउँमा राजकुमार थिङ पुगेका हुन् । त्यस्तै रसुवाका डीएसपी देवेन्द्र पाण्डेको ठाउँमा कुलदिप चन्द पुगेका छन् ।

यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा तानिएका छन् ।

यस्तै रामेछापबाट अर्का डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा रसुवामा रहेका देवेन्द्र पाण्डे जगेडा पुलमा सरुवा भएका छन् ।

यस्तै हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । यसैगरी महानगरीय प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केसी र घिमिरेले ललितपुरका २ वृत्त सम्हाल्ने भएका हुन् भने पौडेल, चन्द र थिङ जिल्ला प्रमुखका रूपमा सरूवा भएका हुन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार