• ट्रेण्डिङ :

नो एमसीसी भन्दै १३ दलले भाेली वुधवार चन्द्रागिरिमा व्यापक विरोध प्रर्दशन गर्ने

नो एमसीसी भन्दै १३ दलले भाेली वुधवार चन्द्रागिरिमा व्यापक विरोध प्रर्दशन गर्ने

cnewsnepal

मंगलबार, फाल्गुन १० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१० फागुन काठमाण्डाैं ।  एमसीसी खारेजीको माग गर्दै चन्द्रागिरिमा रहेका १३ दलिय राजनीतिक दलले विरोध प्रदर्शन गर्ने भएका छन् ।

चन्द्रागिरिमा बसेको १३ दलिय बैठकले व्यापक विरोध तथा कोण सभाको आयोजना गरिन लागिएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रबाट गणेश कुवँर नेकपा एकीकृत समाजवादीबाट भाईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाबाट रोसन दानी, नेकपा ( क्रान्तिकारी माओवादी)बाट सुरेश तामाङ, राष्ट्रिय प्रजातन्त्र पाटी देवेन्द्र प्रधान नेपाल कम्युनिस्ट पाटी ( विप्लप)बाट बावुकाजी शाही,नेकपा मालेबाट राज श्रेष्ठ,नेपा राष्ट्रिय पाटीबाट विष्णुभक्त गोपाली नेपाल मजदुर किसान पाटीवाट शान्त महर्जन लगायतको उपस्थिति रहेको थियो । भोली काठमाण्डौको चेकपोष्टबाट गुर्जधारा सम्म वृहत्त र्‍याली सहित कोण सभामा कार्यक्रम गरिने आयोजक दलहरुले जनाएका छन् । भाेली ११ गते विहान ६: ३० वजे र्‍याली  चेकपाेष्टबाट गुर्जुधारा सम्म गएर काेण सभामा परिणत हुने बताईएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार