• ट्रेण्डिङ :

महोत्तरीमा शंकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्याे

महोत्तरीमा शंकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्याे

cnewsnepal

शनिबार, फाल्गुन १४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


महोत्तरीको मटिहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ ।

नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आएकाे हाे ।

स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंकामा डिस्पोजको लागि परकौली ब्यारेकबाट सेनाको टोली बोलाइएको महोत्तरीका प्रहरी उपरपीक्षक कृष्ण पंगेनीले बताए।

वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइए प्रहरीले जनाएको छ ।

झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने भन्दै सेनालाई खवर गरेकाे थियाे ।अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए । उक्त बस्तु सेनाकाे टाेलीले डिस्पाेज गरि सकिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार