• ट्रेण्डिङ :

बाँकेमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

बाँकेमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

cnewsnepal

मंगलबार, फाल्गुन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । बाँकेमा फेला परेको प्रेसर कुकर बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो ।

स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै नेपाली सेनाको टोलीले बिहान साढे ११ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

उक्त प्रेसर कुकर बम कसले राखेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार