२४ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा रहेको फाँटमा एक महिलाको शव फेला परेको छ ।
आलुवारी नजिकै बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३२÷३५ वर्षीया महिलाको शव फेला परेको हो ।
घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले सिन्युज नेपाललाई बताए ।
टहरोमा शव रहेको भन्दै एक स्थानियले प्रहरीलाई खवर गरेपश्चात बेलुका १० बजे प्रहरीको टोली घटना स्थल तर्फ गएको थियो ।
सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरी भक्तपुर प्रहरीका एक प्रहरी अधिकृतले बताए ।