ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी हुदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान ९ बजेर ४० मिनेट जादा आगो लागेको हो ।
ताप्लेजुङ फुङलिङ नपा ४ कोप्चे लाईन स्थित संगीता मादेनको काठको बेरा टिनको छानो भएको २ तले ढफढ,घरबाट कुन आगलागी भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनर्सिङ राणाले आगोले दुई वटा घरमा क्षति पुगेको बताए । उनले भने,आगलागी बाट साेही ठाउँमा रहेको छिमेकी रबिन आङ्बोहाङको घरमा समेत आंशिक क्षति भएको छ ।”
आगाेले ताप्लेजुङ मैवाखोला गापा १ घर भई रबिन आङ्बोहाङको घरमा डेरा लिई बस्ने बर्ष ६७ की चुलीमाया।लिम्बु दमको बिरामी समेत रहेकोमा उक्त आगलागीमा परी घाईते भई जिल्ला अस्पताल ताप्लेजुङ ल्याई उपचार गराउने क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
मृतकको नातिनी बर्ष १६ की रेबिना लिम्बुको बायाँ खुट्टामा आगोले पोली सामान्य घाईते भई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको छ ।
नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए ।
ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ । गत वर्ष फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा बाउन घर जलेका थिए ।
उक्त आगलागी भएकाे स्थान जिप्रका ताप्लेजुङ बाट ७०० मिटर पुर्ब दक्षिण पर्दछ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त