• ट्रेण्डिङ :

भारतीय नागरिकको हत्या आरोपमा दुई पक्राउ

भारतीय नागरिकको हत्या आरोपमा दुई पक्राउ

cnewsnepal

शुक्रबार, फाल्गुन २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२७ फागुन, काठमाडौं । प्रहरिले भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेकाे छ ।
 
गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्याकाे आराेपितलाइ पक्राउ गरि प्रहरीले शार्वजनिक गरेकाे हाे ।
 
प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए । २२ गते बिहान शिवनगर–जाइ सडकखण्ड नजिकै उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
 
पक्राउ पर्नेमा खप्तड छेङेदह गाउँपालिका-२ का राजेन्द्र बुढा र सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा छन् । प्रहरीका अनुसार गत फागुन २१ गते राति राजेन्द्रले चलाएको अटोमा पसेका मृतक र उनीहरूबीच विवाद भएपछि राति नै हत्या भएको थियो ।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले रिसको आवेगमा हत्या गरेको स्वीकारेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
 
 
 
 
 

प्रतिक्रिया
सम्बन्धित समाचार