काठमाडौं । नेपाल ट्रक यातायात ब्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याका विषयमा बागमती प्रदेशको मुख्य मन्त्री राजेन्द्र पाण्येलाई ज्ञानपनत्र बुझाएको छ ।
ज्ञानपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमाक्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।
मुख्य मन्त्री राजेन्द्र पाण्ये लाई महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले आज ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा महासङ्घका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरे ।
उनले भने, ’छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक–पटकको मूल्यवृद्धि भएको छ । यसबाट ढुवानीमा समस्या हुँदै आएको छ । मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ ।’ उनले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे । उक्त अबसरमा महासंघले उठाएका मागहरू जायज मागको समाधानका लागि केहि दिनमा माननिय यातायात मन्त्रि संग बैठक राखेर समस्या समाधान गरिदिने आश्वासन दिनु दिएको बाँनियाको भनाई छ ।
ज्ञानपत्र


भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त