काठमाडौं – नेपाल सरकारले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ।
गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीमा बसन्त कुमार पन्त,रवीन्द्र धानुक धीरज प्रताप सिंहलाइ बढुवाका लागि सिफारिस गरेको हो।
नेपाल सरकारले फागुन ५ गते ३ जनालाइ एआईजीको नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्।
प्रतिक्रिया
सम्बन्धित समाचार