• ट्रेण्डिङ :

मनहरीमा बस दुर्घटना दुईकाे मृत्यु १५ घाईते

मनहरीमा बस दुर्घटना दुईकाे मृत्यु १५ घाईते

cnewsnepal

शुक्रबार, चैत्र ४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।

दुर्घटनामा परि घाइते हुनेको संख्या १५ पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि चितवन पठाईएको उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाई छ । उनले बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको उनले बताए ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरीरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार