७ चैत काठमाडौं ।पनाैती जेसीजकाे अध्यक्षमा सिजन सुधाकार निर्वाचित भएका छन् ।
पनाैती जेसिजकाे वृहत् भेला तथा शाखा अधिवेशनले वर्ष २०२२ का लागि शाखा अध्यक्षमा सुधाकार निर्वाचित भएका हुन् ।
भेलाले कार्यकारिणी उपाध्यक्षहरूमा राधिका कर्माचार्य,सुमन मास्के लाई चयन गरेकाे छ । उपाध्यक्षमा सन्तोष सुधाकार,सुनिल थाँनु,सुरेन्द्र श्रेष्ठ र नारायण प्रसाद सुर्यवंशीलाई चयन गरेकाे छ ।
त्यस्तै शाखा अध्यक्षले २०२२ का लागि महासचिवमा श्रवण कुमार खिंलन्जार काेषाध्यक्षमा ईन्दिरा नापित,सह सचिवमा आकृति दाहाल, कानुनी सल्लाहकारमा राजेन्द्र महर्जन चयन भएका हुन् ।
त्यस्तै शाखाकाे तालिम संयाेजकमा सुरेन्द्र श्रेष्ठ,जन सम्पर्क अधिकारीमा रामकृष्ण श्रेष्ठ,जुनियर जेसिज संयाेजक अस्मिता उलक,काेष वृद्धि संयाेजक श्री नन्द मानान्धर,प्रचार प्रसार संयाेजक राजन कर्मचार्य,प्रकरण निर्देशक दिपेश खड्गी चयन भएका छन् ।