१५ साउन, काठमाडौं । खोटाङलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे ।
केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालले भूकम्पको कडा धक्का महसुस भए पनि जिल्लामा ६ रेक्टर स्केलकाे भुकम्प वाट कुनै मानविय र भाैतिक क्षति नभएकाे र वुझ्ने काम भईरहेकाे सिन्युजलाई जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार