• ट्रेण्डिङ :

साकेला गाउपालिकामा स्थानीय सरकारकै पहिलो आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना ।

साकेला गाउपालिकामा स्थानीय सरकारकै पहिलो आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना ।

cnewsnepal

सोमबार, भाद्र २० २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


२० भाद्र खोटाङ । खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका विरामीलाई तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी तथा अन्य गम्भीर प्रकृतिका विरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेश गरेका छन् ।

एयर एम्बुलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

राईका अनुसार आकस्मिक दुर्घटना, सुत्केरी तथा अन्य गम्भीर प्रकृतिका विरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ ।

यसका लागि छुट्टै आकस्मिक एयर एम्बुलेन्स कोष स्थापना गरिने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने कुरा नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँपालिकाले आपतविपदमा परेका पालिकाबासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलव्ध गराउन ‘जिरो आवर सर्भिस’ को नीति अलवम्बन गर्ने निर्णय गरेको छ ।

गाउपालिकाले खिदिमको तावा भञ्ज्याङ आसपासमा नेपालकै नमुना साँस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने भएको छ ।
बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुंगे तथा रायोको उत्पादनमा विशेष जोड दिने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार