२८ भाद्र काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक संजालमा फैलाईएको भ्रामक प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल प्रहरी प्रधान कार्यलय, साईबर ब्यूरो भोटाहिटीले सोमबार एक सूचना जारी गर्दै यस्तो भ्रामक हल्लाको पछि नलाग्न अनुरोध गरको हो । ब्यूरोले नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको छ । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि त्यस्ता भ्रामक हल्लाको विश्वास नगर्न सुचनामा आग्रह गरिएको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त