• ट्रेण्डिङ :

चन्द्रागिरिकाे नगर प्रवक्तामा खड्गी

चन्द्रागिरिकाे नगर प्रवक्तामा खड्गी

cnewsnepal

बिहिबार, असोज १३ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १३ असाेज । नेपाली काँग्रेसका नेता तथा वडा अध्यक्ष कृष्णप्रसाद खड्गी चन्द्रागिरिकाे प्रवक्तामा सर्वसहमत चयन भएका छन् ।

चन्द्रागिरि नगरपालिकाकाे कार्यपालिकावाट सर्वसम्मत रूपमा प्रवक्ताकाे जिम्मेवारी प्राप्त गरेका हुन् । नगर प्रमुख घनश्याम गिरीले प्रवक्ता खड्गी प्रवक्तामा सर्वसम्मत भएकाे बताए ।

प्रवक्ता खड्गी २०७४ मा चन्द्रागिरि वडा नम्बर ४ थानकोटवाट जननिर्वाचित जनप्रतिनिधि हुन् । उनले २०७९ बैखाख मा समेत जनप्रिय मत प्राप्त गरि विजयी भएका थिए ।

नगर प्रवक्ता खड्गीले नगरपालिकाकाे सुशासन र नगरकाे विकास निर्माण प्रमुख भुमिका निभाउन लाग्ने बताए । वडा अध्यक्ष समेत रहेका खड्गीले भने,” समग्र चन्द्रागिरिकाे विकास रूपान्तरणमा सकृय जन सहभागीता,दक्ष र कृयाशिल युवा सहित हामीले चन्द्रागिरिलाई नेपालकै नमुना नगरपालिका वनाउन हामी लाग्छाै ।”
प्रवक्ता खड्गीले कृषि र राेजगारमुलक कार्यक्रम सञ्चालन गरि जनप्रिय भुमिकामा महत्त्वपूर्ण काम गर्दै आईहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार